प्रशासनको अकर्मण्यताले सुक्यो डुंगेश्वर

रमा केसी २८ फागुन २०७९ १८:४५
230
SHARES
प्रशासनको अकर्मण्यताले सुक्यो डुंगेश्वर

सुर्खेत-  दैलेखका चक्र शाही र सुनिता खड्का दम्पतीले करिब १२ वर्षदेखि होटल व्यवसाय गर्दै आएका छन्। उनीहरूको होटल कर्णाली राजमार्गअन्तर्गत दैलेखको तल्लो डुंगेश्वरमा छ। न्यु ज्वाला होटल एन्ड लज सञ्चालक शाही दम्पती राति करिब ११ बजेसम्म व्यस्त हुन्छन्।

उनीहरूले यही होटलको कमाइले घरव्यवहार चलाउनेदेखि छोराछोरीलाई सुर्खेत बजारमा पढ्ने खर्च सजिलै जुटाएका छन्। तल्लो डुंगेश्वरमै होटल चलाइरहेका तर्कबहादुर शाही भने पछिल्लो समय व्यवसाय घटेको बताउँछन्। होटल भ्याली भ्युका सञ्चालक शाही भन्छन्, ‘अहिले चहलपहल कम भएको छ, राति गाडी नचल्ने भएकाले पनि समस्या भएको छ।’ प्रशासनले रातिको समयमा बस चलाउन निषेध गरेपछि त्यसको असर रात्रिकालीन व्यवसायमा परेको उनी बताउँछन्।

केही वर्षअगाडिसम्म रातको २/३ बजेसम्म काम गर्ने होटल व्यवसायीको अहिले सीमित समयमा चलाउनुपर्ने भएका कारण आम्दानी घटेको छ। शाहीले भने, ‘अहिले त १० बज्नासाथ होटल बन्द गर्नुपर्छ कसरी कारोबार हुन्छ?’

कर्णाली प्रदेशको राजधानी सुर्खेत, जिल्ला सदरमुकामसहित बड्डीचौर, राकम कर्णाली, हुल्म, नाग्म, मान्म, छिन्चु, मेहलकुना, दशेरा प्रमुख बजार क्षेत्र हुन्। तर यी बजार राति १० बज्दानबज्दै बन्द भइसक्छन्।
रात्रिकालीन व्यवसाय सञ्चालनका लागि सडक यातायात महत्त्वपूर्ण पूर्वाधार हो।

प्रदेशमा धमाधम सडक निर्माण भइरहे पनि स्तरीय बनेका छैनन्। कतिपय सडक बनिनसक्दै भत्कने गरेका छन्। यस्तै कालोपत्रे नटिक्ने समस्या छँदैछ।  प्रदेश राजधानीका केही क्षेत्रमा अबेरसम्म चहलपहल भए पनि तिनले रोजगारी वृद्धिमा खासै टेवा दिएका छैनन्।

सुर्खेत नगरपालिकाले भने अबेरसम्म नगर बस सञ्चालन गरेर बजार चलायमान बनाउने नीति तय गरेको छ। नीति कार्यक्रमअन्तर्गत नगरबस सञ्चालनको योजना ल्याइएको ल्याइएको वीरेन्द्र नगर पालिकाका उपप्रमुख नीलकण्ठ खनालले बताए।

प्रकाशित: २८ फागुन २०७९ १८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seventeen =