तालिम दिएर कालिगढ उत्पादन गर्न सुनचाँदी व्यवसायी संघको छुट्टै भवन सञ्चालनमा

हिमाल प्रेस २७ फागुन २०७९ १४:५०
26
SHARES
तालिम दिएर कालिगढ उत्पादन गर्न सुनचाँदी व्यवसायी संघको छुट्टै भवन सञ्चालनमा

काठमाडौँ- काठमाडौँ सुनचाँदी व्यवसायी संघको तालिम भवन उद्घाटन गरिएको छ। जनकवि दुर्गालाल श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले काठमाडौँ महानगरपालिका- १७ कुसुमबियालाछिमा निर्मित भवन शनिबार उद्घाटन गरेका हुन्र।

भवनमा सुनका आधुनिक तथा परम्परागत गहना बनाउनेदेखि सुन तथा रत्न पहिचान गर्ने तालिम सञ्चालन गरिने संघले जानकारी दिएको छ।

त्यसका लागि तालिमका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट पनि सम्बन्धन लिइसकेको संघको भनाइ छ।

कार्यक्रममा काठमाडौँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुरेश शाक्यले सुनका गहना बनाउने नेपाली कालिगढको अभाव रहेको अवस्थामा यस भवनबाट नेपाली कालिगढ उत्पादन गर्न सहयोग पुग्ने बताए। ‘गहना बनाउने स्वदेशी कालिगढ नै नभएकोले नेपाली गहना विदेशी कालिगढमा निर्भर भइरहेको छ,’ उनले भने, ‘यस अवस्थामा स्वदेशी युवालाई तालिम दिइ रोजगारका अवसर प्रदान गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो।’

सीटीईभीटीबाट सम्बन्धन लिएकाले यहाँ तालिम लिएकाहरूले अन्तर्राष्ट्रिय मान्यता पाउने पनि उनको भनाइ थियो।

संघको चौधौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट नै विदेशी कालिगढ विस्थापित गरि स्वदेशी दक्ष कालिगढ उत्पादन गर्ने उद्देश्य संघले लिएको थियो।

प्रकाशित: २७ फागुन २०७९ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 4 =