‘प्रचण्डविरुद्धको मुद्दा जनयुद्धमाथिको आक्रमण हो, जवाफ दिन तयार छौँ’

हिमाल प्रेस २६ फागुन २०७९ १७:३४
38
SHARES
‘प्रचण्डविरुद्धको मुद्दा जनयुद्धमाथिको आक्रमण हो, जवाफ दिन तयार छौँ’ फाइल तस्बिर।

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धी विनास गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुद्दा लगाइएको बताएका छन्। शुक्रबार चार कम्युनिस्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रचण्डविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको बताएका हुन्।

प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरू तयार रहेको उनको भनाइ छ। विप्लवले सो मुद्दालाई अस्विकार गर्ने उनको भनाइ छ।

‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो। अथवा गणतन्त्रलाई सम्पूर्ण रुपले पश्चगामी र दलाल पूजिँपति वर्गको हातमा हाल्दिने षड्यन्त्र र जसले विश्वमा र नेपालमा एउटा परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको थियो त्यो सम्भव छैन है, अब कसैले पनि त्यसलाई सोच्नु हुँदैन है भनेर एकदमै प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ यो मुद्दा हालिएको छ,’ उनले भने,जनयुद्धलाई अपराधिकरण गर्ने र जनयुद्धका उपलब्धीलाई नष्ट गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा पनि लड्छ। नेपाल कम्युनिष्ट पार्टी लड्छ। र त्यसको कुनै पनि जवाफ दिन हामी तयार छौँ। यो जनयुद्धमाथिको आक्रमण हो। परिवर्तनमाथिको आक्रमण हो।’

 

प्रकाशित: २६ फागुन २०७९ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 14 =