नेकपामा महासचिव विप्लवसहित चार नेताविरुद्ध पक्राउ पुर्जी जारी [सूचनासहित]

हिमाल प्रेस १८ मंसिर २०८० १७:२४
176
SHARES
नेकपामा महासचिव विप्लवसहित चार नेताविरुद्ध पक्राउ पुर्जी जारी [सूचनासहित]

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौँले चन्दसहित चार नेताविरुद्ध ३५ दिनभित्र अदालतमा उपस्थित हुन सूचना जारी गरेको हो। उक्त सूचना आज (मंसिर १८)गते गोरखापत्रमा प्रकाशित छ।

सूचनामा नेकपाका महासचिव चन्द, उक्त पार्टीका पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुन भनिएको छ।

त्यस्तै राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ९ असोज २०७६ मा दायर भएको मुद्दामा उनीहरूमाथि संघीय इकाइहरूबीच तथा विभिन्न जातजाति वा सम्प्रदायहरूबीचको सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर गरेको अभियोग छ ।

अभियोगपत्रमा माइला लामासहित दिपेश राई, खड्गबहादुर विश्वकर्मा, हेमन्त प्रकाश ओली, उदयबहादुर चलाउने, चन्द्रबहादुर खड्का, राजु कार्की, नेत्रविक्रम चन्द, नविन विष्ट र केदार खतिवडालाई विपक्षी बनाइएको थियो।

त्यही दिन हरिबहादुर खड्का, नेत्रबिक्रम चन्द, माइला लामा (भीमढुंगा), माइला लामा (कामपा–९), सुरेन्द्र महर्जनविरुद्धको राजद्रोहको अर्को मुद्दा पनि दर्ता भएको थियो । उनीहरुमाथि संगठित आपराधिक समूहमा आवद्ध भई बिस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको आरोप छ।

सूचना 

प्रकाशित: १८ मंसिर २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =