स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाउनुपर्छ : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस २५ फागुन २०७९ १२:०५
2
SHARE
स्वास्थ्य सेवा सुधार्न सञ्चार प्रविधिको प्रयोग बढाउनुपर्छ :  सञ्चारमन्त्री शर्मा फाइल तस्बिर।

काठमाडौँ- सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले आमसञ्चार तथा सूचना प्रविधिलाई स्वास्थ्य सेवा सुधारमा उपयोग गर्ने नीतिका साथ सरकारले प्रक्रिया अगाडि बढाएको बताएकी छन्।

स्वास्थ्य सेवा विभागद्वारा आज यहाँ आयोजित महिला स्वास्थ्य सम्मेलनको शुभारम्भ गर्दै उनले प्रभावकारी टेलिमेडिसिन, डिजिटल सचेतनालगायत कार्यक्रममार्फत स्वास्थ्य सेवा सुधारका लागि प्रक्रिया अगाडि बढाउने जानकारी दिइन्।

संविधानमा प्रजनन स्वास्थ्यलाई उल्लेख गर्नु ठूलो उपलब्धि भएको जनाउँदै उनले अब यसको कार्यान्वयनमा सबै क्षेत्रको गम्भीररुपमा ध्यान जानुपर्ने बताइन्।

उनले भनिन्, ‘हामीले प्रजनन स्वास्थ्यलाई मौलिक हक त बनायौँ तर यसको कार्यान्वयन कसरी गर्ने भनेर आम महिलामा लैजान सकेका छैनौँ, अब यसको सचेतनता र कार्यान्वयनमा जोड दिनुपर्छ । यसमा आमसञ्चार तथा सूचना प्रविधिको व्यापक परिचालन गर्ने नीति बनाउनुपर्छ।’

प्रकाशित: २५ फागुन २०७९ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =