टीआरसी विधेयक छिट्टै पारित हुन्छ : सञ्‍चारमन्त्री शर्मा

हिमाल प्रेस २० फागुन २०८० १२:४७
4
SHARES
टीआरसी विधेयक छिट्टै पारित हुन्छ : सञ्‍चारमन्त्री शर्मा

दाङ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने बताउएकी छन्।

आज घोराहीमा सहिदको शालिक माल्यार्पन गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा भएका घटनालाई निर्क्योल गरी शान्ति प्रक्रिया टुंग्याइने बताएकी हुन्।

उनले संक्रमणकालीन न्यायले पीडित, उनीहरूको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै न्याय प्रक्रियामा ढिलाइ नगर्ने बताएकी छन्।

अहिलेको सरकारको काम शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर संक्रमणकालीन न्यायको काम पूरा भएपछि मात्रै शान्ति प्रक्रिया पूरा हुने र त्यसपछि सामाजिक, आर्थिक रुपान्तरणका काम गर्नैपर्ने बताइन्।

प्रकाशित: २० फागुन २०८० १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =