बाबुरामले भने : शान्ति सम्झौताका हस्ताक्षरकर्तालाई मुद्दा चलाइनु गम्भीर विषय हो

हिमाल प्रेस २३ फागुन २०७९ १६:०६
10
SHARES
बाबुरामले भने : शान्ति सम्झौताका हस्ताक्षरकर्तालाई मुद्दा चलाइनु गम्भीर विषय हो

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्ता (प्रचण्ड)लाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका छन्।

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा भट्टराईले पछिल्लो समय बृहत शान्ति सम्झौता मर्मविपरीतका कार्यहरू भएको र शान्ति सम्झौताको हस्ताक्षरकर्ता प्रधानमन्त्री ‘प्रचण्ड’लाई मुद्दा चलाउने कुरा गम्भीर विषय भएको बताएका हुन्।

उनले आफूहरू अदालतको सम्मान गर्ने भन्दै शान्ति सम्झौता संविधानकै एउटा अङ्ग भएकाले द्वन्द्वकालीन मुद्दालाई आयोगमार्फत समाधान गर्नुपर्ने जिकिर गरे। द्वन्द्वकालीन मुद्दालाई निरुपण गर्न विभिन्न आयोग बनेको अवस्थामा केही द्वन्द्वको खेती गर्ने र डलरबादीहरूले शान्तिप्रक्रियाका कामलाई पूर्णता नदिनेतर्फ लागेको यनको भनाइ छ।

भट्टराईले अहिले संविधानमा रहेका महिला, लगायतका जनताका अधिकारलाई उल्टाउनका ‍गम्भीर प्रकृतिका षडयन्त्र भइरहेको पनि बताए।

उनले बलिदानी पूर्वक बनाएको नयाँ संविधानमा रहेका अधिकारहरू केही त्रुटि रहेकाले आगामी दिनमा सबैलाई समान अधिकार दिनका लागि संविधान संशोधन आवश्यक रहेको बताए।

प्रकाशित: २३ फागुन २०७९ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =