फेकनको कोशी प्रदेश शाखा विस्तार

हिमाल प्रेस २२ फागुन २०७९ १८:४२
6
SHARES
फेकनको कोशी प्रदेश शाखा विस्तार

काठमाडौँ– स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले कोशी प्रदेश शाखा विस्तार गरेको छ। विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई परामर्श प्रदान गर्ने संस्थाहरूको छातासंगठन फेकनले कोशी प्रदेशको नयाँ शाखा गठन गरेको हो।

फेकनले कोशी प्रदेशको ११ सदस्यीय तदर्थ कमिटी गठन गरेको उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख हेमन्तराज दुलालले बताए।

‘फेकनले आगामी दिनमा देशभर शाखा विस्तार गर्दै लाने योजना अघि सारेको छ। कोशी प्रदेशबाट सुरु भएको शाखा अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना छ। अब छिट्टै लुम्बिनी प्रदेशको पनि शाखा विस्तार गर्ने तयारी गरेका छौँ,’उनले भने।

नवनिर्मित कमिटीमा स्टेफन एजुकेशन कन्सलटेन्सिका प्रचण्ड प्रकाश सुुब्बा योङ्या (नरेश सुब्बा)लाई संयोजकको जिम्मेवारी तोकिएको छ।

कमिटीको सदस्यहरूमा आरम्भ नेपाल कन्सलटेन्सिका भुवन कोइराला, कुरासाकी जापनिज एजुकेशनका इन्द्र कुवर, दमक कस्मिक एजुकेशनका विनोद पौडेल, आरोरा इन्टरनेशनल एजुकेशनका विजय तामाङ, दमक माउन्ट फुजी एजसकेशनका प्रकाश अधिकारी, ड्रिम एजुकेशन बिर्तामोडका अर्जुन कार्की, टाउनहल एजुकेशन दमकका रविन्सन रिजाल, फुजीसान एकेडेमीका पूणर्कुमार सम्बाहाम्फे, आसाही इटहरी कन्सलटेन्सीका घनश्याम खड्का र ट्रिनिटि ग्लोबल दमकका अजय घिमिरे चयन भएका छन्।

फेकनका संस्थापक अध्यक्ष मानबहादुर राई, केन्द्रीय उपाध्यक्ष प्रज्ज्वल बस्नेत, हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत र कोषाध्यक्ष अनिल शर्माको उपस्थितिमा नयाँ शाखा विस्तार गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =