झारफुक गर्ने बहानामा रुपन्देहीमा एक किशाेरीको हत्या

हिमाल प्रेस २२ फागुन २०७९ १८:२०
208
SHARES
झारफुक गर्ने बहानामा रुपन्देहीमा एक किशाेरीको हत्या

लुम्बिनी- रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गरी एक किशाेरीको हत्या भएको छ। जिल्लाको सैनामैना नगरपालिका-१० झिमझिमे बस्ने वर्ष १४ की सीता ज्ञवालीको झाक्रीको कुटपिटबाट मृत्यु भएको हो।

ज्ञवालीलाई शनिबार बेमतेनी बस्ने २२ की सोनिया रेश्मी (झाँक्री) ले झारफुक गर्ने बहानामा कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

सीता ज्ञवालीको शनिबार राती ९ः३० बजे मृत्यु भएको र शवलाई शनिबार राती नै दाहसंस्कार गरी सकिएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सालझणडी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रेश्मीलाई पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता एंव सूचना अधिकारी श्यामु अर्यालका अनुसार झारफुक गर्ने झाँक्री सोनियालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित: २२ फागुन २०७९ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =