राष्ट्रपतिका उम्मेदवारको प्रचारप्रसार आज मध्यरातबाट बन्द

हिमाल प्रेस २२ फागुन २०७९ ९:३७
2
SHARE
राष्ट्रपतिका उम्मेदवारको प्रचारप्रसार आज मध्यरातबाट बन्द

काठमाडौँ- निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिका उम्मेदवारको प्रचार प्रसार गर्न रोकेको छ। आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार रोक गरिएको हो। निर्वाचन आचारसंहिता अन्तर्गत आयोगले आजबाट सबै किसिमका प्रचारप्रसार बन्द गरेको हो।

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ।

‘मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोग सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा लेखिएको छ।
आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहितासमेत जारी गरेको छ। राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ मा हुँदैछ। राष्ट्रपतिका लागि कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्बाङले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २२ फागुन २०७९ ९:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =