राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित : प्रदीप पौडेल

हिमाल प्रेस १८ फागुन २०७९ १६:०६
14
SHARES
राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले ८ दलीय गठबन्धनमा कांग्रेसको तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन्। बिहीबार काठमाडौँमा भएको ८ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रपतिको निर्वाचनमा पौडेलको जित निश्चित भएको बताएका हुन्।

राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका पौडेलको पक्षमा मत माग्नकै लागि अभिमुखीकरण कार्यक्रम गरिएको पनि उनले बताए। अभिमुखीकरण कार्यक्रममा ८ दलका शीर्ष नेताहरूले आफ्ना सांसदहरूलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उनको भनाइ थियो।

पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने विश्वास रहेको उनको भनाइ थियो। पौडेलले संविधानको संरक्षकका रूपमा काम गर्ने, राष्ट्रियता, राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो।

राष्ट्रपति पद देशको अभिभावकको रूपमा र संविधानको संरक्षकको रूपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भुमिका खेल्नु नहुने बता सांसद पौडेलको भनाइ थियो।

प्रकाशित: १८ फागुन २०७९ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =