स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी र नेसवियुबीच तालमेलको सहमति

हिमाल प्रेस १५ फागुन २०७९ १६:१६
36
SHARES
स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी र नेसवियुबीच तालमेलको सहमति

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आसन्न निर्वाचनमा अखिल क्रान्तिकारी र नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल गर्ने सहमति भएको छ।

सोमबार नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टी (नेसपा) को विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल गरेर स्ववियु निर्वाचनमा सहभागी हुने सहमति भएको हो।

सहमतिपत्रमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चासिंह र नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले हस्ताक्षर गरेका छन्।

यी दुई विद्यार्थीसंगठनबीच एउटै घोषणा पत्र, एउटै संगठन र एउटै उम्मेदवार बनाएर निर्वाचनमा सहभागी हुने सम्झौता भएको छ। त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन चैत ५ गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =