१७ वटा क्याम्पसमा निर्वाचन कार्यतालिका प्रकाशन गर्न अनेरास्ववियुको ध्यानाकर्षण

हिमाल प्रेस १२ चैत २०७९ १६:२४
178
SHARES
१७ वटा क्याम्पसमा निर्वाचन कार्यतालिका प्रकाशन गर्न अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौँ– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्ववियु निर्वाचन स्थगित भएका क्याम्पसमा निर्वाचन तालिका प्रकाशन गर्न त्रिभुवन विश्वविद्यालय(त्रिवि)को ध्यानाकर्षण गराएको छ।

त्रिवि शिक्षाध्यक्ष शिवलाल भुसाललाई ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियुले त्रिविका निर्वाचन हुन बाँकी १७ वटा आंगिक क्याम्पसमा निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण गराएको हो।

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयले लामो समय देखि हुन नसकिरहेको स्ववियु निर्वाचन चैत्र ५ गते गर्ने कार्यतालिका अनुरूप त्रिविका ६२ वटा आंगिक क्याम्पस र १ हजारभन्दा बढी सम्बन्धन प्राप्त सामुदायिक तथा नीजि क्याम्पसमा निर्वाचन हुनुपर्नेमा ४४ वटा आंगिक र ३ सय वटा अन्य क्याम्पसमा मात्र निर्वाचन सम्पन्न भएको जनाएको छ।

विश्वविद्यालयको प्रत्यक्ष संलग्नतामा सम्पन्न हुनुपर्ने उपत्यकाका महत्त्वपूर्ण ७ आंगिक क्याम्पस र उपत्यका बाहिरका १० आंगिक क्याम्पसमा तत्काल निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण गराएको छ।

अनेरास्ववियुले विश्वविद्यालयका निर्वाचन अधिकृतहरूको गैर जिम्मेवार पूर्ण व्यवहार, सरकारको सुरक्षा, लापरवाही र सरकार समर्थित गठबन्धन दलका विद्यार्थी संगठनको तालाबन्दीले नै निर्वाचन हुन नसकेको निश्कर्ष निकालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =