केपी ओलीको टिप्पणी : प्रचण्ड हातमा चक्कु लिएर फूल लिएको छु भन्दै हुनुहुन्थ्यो

हिमाल प्रेस १४ फागुन २०७९ १५:४५
32
SHARES
केपी ओलीको टिप्पणी : प्रचण्ड हातमा चक्कु लिएर फूल लिएको छु भन्दै हुनुहुन्थ्यो

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोलीमा भर नभएको व्यक्ति भएको आरोप लगाएका छन्।

काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डमा एउटा बोल्ने र गर्ने अर्कै व्यहोरा रहेको बताएका हुन्।

‘उहाँ बोल्नुहुन्छ एउटा गर्नुहुन्छ अर्को। हेर्नुहुन्छ देब्रेपट्टी, निशाना दाहिने पट्टी हुन्छ,’ उनले भने, ‘अस्तिका दिन पनि उहाँले छक्काइरहनु भयो। उहाँले हातमा चक्कु लिनुहुन्थ्यो। तर उहाँ फूल लिएको भन्नुहुन्थो। म पनि तपाईंले भनेपछि फूलै हो भनिबसेँ। मेरो आँखाले धोका खाएको थिएनँ।’

ओलीले प्रचण्डले कसैलाई पनि धोका दिन अप्ठ्यारो नमान्ने पनि बताए। जनतालाई, सहकर्मीसबैलाई धोका दिएका प्रचण्डले आफूलाई धोका दिनु ठूलोकुरा नभएको पनि ओलीको भनाइ छ। ‘उहाँ धोका दिन अप्ठ्यारो मान्नुहुन्न। जनतालाई, सहकर्मीसबैलाई धोका दिनु भयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र’ ओलीले भने।

ओलीले प्रचण्ड एमालेसँगको गठबन्धनमा टिक्न नसक्ने निष्कर्ष आफूले पहिले नै निकालेको पनि बताए। ‘मलाई थाहा थियो उहाँ टिक्नुहुन्न। मसँग काम गर्दा काले काले मिलेर खाम भाले हुन सक्दैन,’ उनले भने, ‘त्यसैले जहाँ हुनसक्छ त्यहाँ जाँदै हुनुहुन्छ।’

प्रकाशित: १४ फागुन २०७९ १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =