भारतबाट आएका ट्रक भन्सारमै अनलोड गरेर नेपालीलाई रोजगार दिऔं : शिव नेपाली

हिमाल प्रेस १२ फागुन २०७९ १४:५८
16
SHARES
भारतबाट आएका ट्रक भन्सारमै अनलोड गरेर नेपालीलाई रोजगार दिऔं : शिव नेपाली

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भारतीय ट्रकले बढी सामान लिएर आउँदा नेपालका सडक र पूर्वाधार खराब भइरहेको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘ट्रक, टिपर, ट्याक्सी, बस व्यवसायीका समस्याप्रति सरकार कहिल्यै गम्भीर भएन। ढुवानी व्यवसायीहरूका हक हितका लागि सरकारले कहिल्यै केही काम गरेको छैन,’ उनले दाबी गरे, ‘कोरोनाकालमा पनि उनीहरूले काम गरेको तर सरकारले कुनै सम्मान गरेन।’

भारतबाट सामान ढुवानी गरेर नेपाल आउने ट्रकका कारण नेपालाका ७० हजारमध्ये ४० प्रतिशत ट्रक काम नपाएर थन्किएर बसेको उनको भनाइ छ।

वार्षिक २ लाख बढी ट्रक भारतबाट सामान ढुवानी गरेर नेपाल आउँदा नेपाली मुद्रा भारत गएको उनले बताए।

नेपाली ट्रकले भाडा लिएको रकममा २ प्रतिशत कर लाग्ने गरेको तर तर भारतबाट सामान लिएर आउने ट्रकको नियमन हुन नसक्दा सरकारले ती ट्रकबाट कर लिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले नेपालमा बर्खा आउँदै गरेकाले यसबाट हुने बाढी, पहिरोलगायत विपत्तिबाट जनतालाई हुने क्षतिबारे पूर्वतयारी गर्न पनि सरकारसमक्ष माग गरे।

प्रकाशित: १२ फागुन २०७९ १४:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =