महानगरभित्रका उद्योग व्यवसाय प्रोत्साहन गर्ने नीति लिएका छौँ : उपमेयर डंगोल

हिमाल प्रेस ९ फागुन २०७९ १६:२४
6
SHARES
महानगरभित्रका उद्योग व्यवसाय प्रोत्साहन गर्ने नीति लिएका छौँ : उपमेयर डंगोल

काठमाडौँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालित उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिइएको बताएकी छिन्। मंगलबार ग्रिल तथा स्टील व्यवसायी संघ काठमाडौँको ७ औँ वार्षिक साधरणसभामा उनले महानगरपालिकाले महानगरभित्रका व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताएकी हुन्।

महानगरपालिका मेयर बालेन्द्र शाहले महानगरभित्रका सडकबाट हटाउने अभियान चलाएका बेला उपमेयर डंगोलले महानगरभित्रका व्यवसायलाई प्रोत्साहत गर्ने बताएकी हुन्। महानगरभित्रका व्यवसाय प्रोत्साहनका लागि व्यवसायी स्वयंमले आफ्नो व्यवसाय व्यवस्थित बनाउनुपर्ने डंगोलको भनाइ थियो।

महानगरभित्र व्यापार व्यवसाय गर्ने धेरैले अनौपचारिक रूपमा गरिरहेको भन्दै उनले औपचारिक दायरामा आउन व्यवसाय दर्ता गर्न आग्रह गरिन्। उप–मेयर डंगोलले व्यवसाय दर्ता गर्न आग्रह गर्दा पनि नगर्ने बताइन्।
व्यवसाय औपचारिक रूपमा दर्ता गर्नु आफ्नो व्यवसायलाई पहिचान दिनु पनि भएको उनले बताइन्।

दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योल रहेको पनि उनले औंल्याइन्। डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको ५ हजारभन्दा बढी रहेको पाइएको पनि बताइन्।
व्यवसाय व्यवस्थित बनाउन महानगरले योजना बनाइरहेको भन्दै उनले धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम फेल हुने गरेको बताइन्।

प्रकाशित: ९ फागुन २०७९ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =