कर राजस्वमा उच्च योगदान गर्ने सदस्यलाई परिसंघको सम्मान

हिमाल प्रेस ९ फागुन २०७९ १५:०४
10
SHARES
कर राजस्वमा उच्च योगदान गर्ने सदस्यलाई परिसंघको सम्मान

काठमाडौँ– नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यहरूलाई सम्मान गरेको छ। सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ संस्था तथा व्यक्तिलाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो।

सम्मानितमध्ये ४ वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १२ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन्। १२ मध्ये ८ जना नेपाल उद्योग परिसंघका सदस्य हुन्। राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७७/७८ मा निर्यात कारोबारमध्येबाट शिव शक्ति घ्यू उद्योग प्रालिले सबैभन्दा बढी कर तिरेको थियो।

विशेष उद्योगमध्येबाट राजेश मेटल क्राफ्टस्, कृषि एवं पशुपंछीजन्य उद्योगमध्ये ओसीबी फुड्स एण्ड फिड्स प्रालिले सबैभन्दा बढी कर तिरेका थिए। यसैगरी वित्तीय संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नबिल बैंक लिमिटेड, पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालि, रेमिट्यान्सतर्फ आईएमई लिमिटेड बढी कर तिर्नेको सूचीमा छन्।

व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने सूर्य नेपाल प्रालि छ। यी सबै संस्था तथा व्यक्तिलाई परिसंघले सम्मान गरेको हो।

प्रकाशित: ९ फागुन २०७९ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =