सरकारको आम्दानी ३ खर्ब ५७ अर्ब, खर्च ४ खर्ब ३५ अर्ब

हिमाल प्रेस १ पुष २०७९ १५:४८
4
SHARES
सरकारको आम्दानी ३ खर्ब ५७ अर्ब, खर्च ४ खर्ब ३५ अर्ब

काठमाडौँ- मंसिर मसान्तसम्म सरकारले विभिन्न स्रोतबाट ३ खर्ब ५७ अर्ब ८२ करोड आम्दानी गरेको छ।

यही अवधिमा ४ खर्ब ३५ अर्ब २१ करोड खर्च भएको छ। यसअनुसार मंसिर मसान्तसम्म सरकारलाई ७८ अर्बभन्दा बढी घाटा छ।

मंसिरसम्म सरकारले कर राजस्वबाट ३ खर्ब १ अर्ब, गैरकर राजस्वबाट २५ अर्ब, अनुदानमार्फत ३ अर्ब ४१ करोड र अन्य आम्दानी २७ अर्ब ५२ करोड गरेको छ।

यही अवधिमा चालु खर्च ३ खर्ब ५४ अर्ब, पुँजीगत खर्च ३३ अर्ब ९९ करोड र वित्तीय व्यवस्थातर्फ ४६ अर्ब ९६ करोड खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। तर पाँच महिनाको अवधिमा लक्ष्यको २३.३ प्रतिशत मात्रै संकलन भएको छ। यो अवधिमा खर्च भने लक्ष्यको २४.२६ प्रतिशत भएको छ।

प्रकाशित: १ पुष २०७९ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =