चन्द्र भण्डारीसँग ‘दोहोरो संवाद’, स्वास्थ्य अवस्थामा क्रमिक सुधार

हिमाल प्रेस ९ फागुन २०७९ १२:३२
68
SHARES
चन्द्र भण्डारीसँग ‘दोहोरो संवाद’, स्वास्थ्य अवस्थामा क्रमिक सुधार फाइल तस्बिर

काठमाडौँ- ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ।

बिहीबारदेखि भारतको मुम्बईस्थित नेसनल वर्न सेन्टरमा उपचाररत भण्डारीसँग मंगलबार पहिलोपटक दोहोरो संवाद भएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए। उनले भने, ‘भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ। कल्चर रिपोर्ट आज आउदै छ। अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन्।’

यस्तै सुन्निएको अनुहार क्रमशः घटेको छ भने स्वास्थ्य अवस्था सामान्यतर्फ गइरहेको न्यौपानेले बताए।

गत बुधबार राति आफ्नै निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घटनालगत्तै उनीहरू दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।

नेता भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल वर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। नेता भण्डारीको दुवै हात र दुवै खुट्टा गरी २५–३० प्रतिशत जलन भएको थियो।

प्रकाशित: ९ फागुन २०७९ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nine =