संविधान भताभुंग पार्ने, पार्टीनिकट व्यक्तिलाई राष्ट्रपति नबना‌‌औं : महासचिव गुरुङ

हिमाल प्रेस ७ फागुन २०७९ २०:००
36
SHARES
संविधान भताभुंग पार्ने, पार्टीनिकट व्यक्तिलाई राष्ट्रपति नबना‌‌औं : महासचिव गुरुङ

पोखरा– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपतिको उम्मेदवार साझा व्यक्ति हुनुपर्ने बताएका छन्। आइतबार प्रेस सेन्टर नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

राजनीतिक पार्टीका व्यक्ति राष्ट्रपतिमा चुन्दा पटक-पटक धोखा खानु परेकाले स्वच्छ छवि भएका लोकतन्त्र र संविधानको रक्षा गर्ने व्यक्ति राष्ट्रपतिका लागि उपयुक्त पात्र हुने उनको भनाइ छ।

‘कांग्रेस र एमालेले राष्ट्रपतिको उम्मेदवारी दिने तयारी गरेका छन् तर पार्टीभन्दा बाहिरबाट संविधान र लोकतन्त्रको मर्म बुझेको साझा व्यक्ति राष्ट्रपति हुनुपर्छ भनेर हामीले भनेका छौँ,’ उनले भने, ‘स्वच्छ छवि भएको व्यक्ति राष्ट्रपति चयन गर्न प्रस्तावक जुन दल पनि हुनसक्छ। संविधानलाई भताभुंग गरेर पार्टीको पक्षमा निर्णय गर्ने राष्ट्रपति होइन, यसअघि पनि हामीले राष्ट्रपतिबाट धोखा पाइसकेका छौं।’

राजनीतिक स्थिरताका लागि संविधानको रक्षा, सुशासन, आर्थिक समृद्धि र स्वाधिनताको रक्षाका राजनीतिक दलहरू पार्टी स्वार्थबाट माथि उठ्नै पर्ने उनको जोड छ।

प्रकाशित: ७ फागुन २०७९ २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =