पोखरामा लक्ष्मी बैंकका २ नयाँ एक्स्टेन्सन काउन्टर

हिमाल प्रेस ५ फागुन २०७९ १५:२९
2
SHARE
पोखरामा लक्ष्मी बैंकका २ नयाँ एक्स्टेन्सन काउन्टर

काठमाडौं– लक्ष्मी बैंकले पोखरामा २ नयाँ एक्सटेन्स काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले पोखरा महानगरपालिको वडा नम्बर ११ स्थित मनिपाल अस्पताल र वडा नमबर १७ स्थित हिमालय आँखा अस्पतालमा एक्स्टेनसन काउन्टर सञ्चालनमा ल्याएको हो।

उक्त दुई काउन्टरसँगै बैंकको एक्स्टेन्स काउन्टर संख्या १६ पुगेको छ। बैंकले हाल १४४ शाखा, १७९ एटीएम र ५ हस्पिटल सेवा काउन्टरमार्फत सेवा दिँदै आएको छ। त्यस्तै २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६९ शाखारहित बैंकिङ एजेन्ट रहेको बैंकले जानकारी दिएको छ।

प्रकाशित: ५ फागुन २०७९ १५:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + ten =