दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत र प्रधानमन्त्रीबीच भेटवार्ता

हिमाल प्रेस २ फागुन २०७९ ११:५९
6
SHARES
दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण कोरियाली राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।

भेटवार्तामा ईपीएसमार्फत् अझ बढी कामदार कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो।

आगामी वर्ष नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =