सुर्खेतमा बसको ठक्करबाट घाइते महिलाको मृत्यु

हिमाल प्रेस २९ माघ २०७९ २०:३४
22
SHARES
सुर्खेतमा बसको ठक्करबाट घाइते महिलाको मृत्यु सांकेतिक तस्बिर।

सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको बसपार्कमा बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

आइतबार दिउँसो अन्दाजी २:३० बजेतिर बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा. ४ ख ८०६१ नम्बरको बसले ती महिलालाई ठक्कर दिएको हो।

सुर्खेत बसपार्क नजिकै बसको ठक्करबाट मृत्यु भएकी महिला छेडागाढ नगरपालिका-६ जाजरकोट हाल वीरेन्द्रनगर-१० बामेखोला निवासी अन्दाजी ६६ वर्षीय नदी रावतको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले जानकारी दिए।

उनका अनुसार बसपार्क भित्रै घटनाको कारण भने खुलेको छैन।

‘घटनालगत्तै भिड जम्मा भइसकेकाले कसरी घटना भयो भन्ने अहिल्यै केही खुलेको छैन,’ प्रवक्ता शाहीले भने, ‘बसलाई नियन्त्रणमा लिएका छौं, चालक फरार रहेकाले खाजीसँगै घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ।’

प्रकाशित: २९ माघ २०७९ २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 3 =