राष्ट्रपतिबारे गठबन्धन दलमा विमति छैन : लिङ्देन

हिमाल प्रेस २९ माघ २०७९ १२:२९
6
SHARES
राष्ट्रपतिबारे गठबन्धन दलमा विमति छैन : लिङ्देन

काठमाडौँ- सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ।

आइतबार बालुवाटारमा बसेको संयन्त्रको बैठकले सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने निर्णय गरेको ऊर्जामन्त्री एवं राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

उनले राष्ट्रपति पदबारे गठबन्धन दलबीच कुनै विमति नरहेको पनि दाबी गरे। ‘अहिलेसम्म सरकारले गरेका काम कारबाहीहरूको बारेमा र आपसी समन्वयको बारेमा कहाँ के कमी कमजोरी रहे ? भन्ने विषयमा समीक्षाहरू भए,’ उनले भने, ‘आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ। यस प्रकारको भेटघाटलाई कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको छ।’

उनले रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइरहेको बताए। ‘उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ,’ उनले भने।

प्रकाशित: २९ माघ २०७९ १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 3 =