प्रचण्डले स्थगित गरे सत्ता गठबन्धनको बैठक, एमाले-माओवादी बैठक बस्ने

हिमाल प्रेस २१ फागुन २०८० ८:४२
58
SHARES
प्रचण्डले स्थगित गरे सत्ता गठबन्धनको बैठक, एमाले-माओवादी बैठक बस्ने फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ ।

सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो।

उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो। गठबन्धनको बैठक स्थगित भएसँगै एमालेसँग माओवादी बैठक बस्ने तयारी भइरहेको छ। अहिले दलहरू आ–आफ्नै बैठक बसिरहेका छन्।

एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छ। यता माओवादीको सचिवालय बैठक पनि बालुवाटारमा जारी रहेको माओवादी नेताहरूले जानकारी दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पनि जारी छ।

कांग्रेससहितको गठबन्धन तोडेर एमालेलाई साथ लिने प्रचण्डले दाउ गरेका छन्। एमाले निकट नेताहरूले नयाँ समीकरण बनाउने समीकरण बनिरहेको बताएका छन्।

प्रकाशित: २१ फागुन २०८० ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 13 =