एमाले लुम्बिनीको प्रमुख सचेतकमा चौधरी, सचेतकमा शर्मा चयन

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा शर्मा नियुक्त

हिमाल प्रेस २५ माघ २०७९ १८:२९
एमाले लुम्बिनीको प्रमुख सचेतकमा चौधरी, सचेतकमा शर्मा चयन

लुम्बिनी– सत्तारुढ नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा तुलसी चौधरी र सचेतकमा रेखा शर्मा चयन भएका छन्। बुधबार बसेको एमाले संसदीय दलको बैठकले उनीहरूलाई सो पदमा चयन गरेको हो।

मंसिरमा सम्पन्न निर्वाचनमा चौधरी रूपन्देही ३ (क) बाट निर्वाचित हुन् भने शर्मा समानुपातिकमा सांसद हुन्। चौधरी ०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित थिए। यस्तै नेकपा विभाजनका बेला एमालेमा बसेपछि माओवादीले कारबाही गर्दै शर्माको सांसद पद खोसेको थियो।

मुख्यमन्त्रीको राजीनितक सल्लाहकारमा न्यौपाने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीको प्रमुख राजनीतिक सल्लाहकारमा दधिराम न्यौपानेलाई नियुक्त भएका छन्। लामो समयदेखि एमालेसँग आबद्ध न्यौपाने पार्टीको सिफारिसमा मुख्यमन्त्री गिरीले बुधबार उक्त पदमा नियुक्त गरेको एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता एवम् मन्त्री चेतनारायण आचार्यले जानकारी दिए।

मंसिरमा सम्पन्न निर्वाचनमा रूपन्देही १ (ख) बाट एमालेका उम्मेदवार उनी नेपाली कांग्रेसका अब्दुल रज्जाकसँग पराजित भएका हुन्। बुटवल ११ निवासी न्यौपाने एमालेका पोलिटब्यूरो सदस्य हुन्।

प्रकाशित: २५ माघ २०७९ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =