एमाले लुम्बिनी संसदीय दलको नेतामा गिरी चयन

सभामुख र मुख्यमन्त्री १ हप्ताभित्र सहमतिमा टुंगो लागाइने

हिमाल प्रेस १७ पुष २०७९ २१:५१
4
SHARES
एमाले लुम्बिनी संसदीय दलको नेतामा गिरी चयन

दाङ– नेकपा एमाले लुम्बिनी संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लिला गिरी चयन भएका छन्। आइतबार बसेको पार्टी बैठकले गिरीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। बैठकले चेतनारायण आचार्यलाई उपनेता चयन गरेको छ।

प्रदेशसभा सदस्यहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको बैठकले दुवैलाई सर्वसम्मत चयन गरेको हो। गिरी रूपन्देही २ (क) बाट र आचार्य अर्घाखाँची १ (ख) बाट निर्वाचित हुन्। उनीहरू दुवै पूर्वमन्त्री हुन्। सभामुख र मुख्यमन्त्री १ हप्ताभित्र सहमतिमा टुंगो लगाइने बताइएको छ। लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरी ८७ जना सांसद छन्।

लुम्बिनी प्रदेशसभामा एमाले २९ सदस्यसहित सबैभन्दा ठूलो दल छ । यस्तै नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, जनता समाजवादी पार्टी, नेपाल (जसपा)का ३, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का ३, राष्ट्रिय जनमोर्चाको १, नेकपा एकीकृत समाजवादीको १ र स्वतन्त्र ३ सांसद छन्।

आइतबार सम्पन्न शपथ ग्रहण समारोहमा अतिथिका रूपमा सहभागी भएका महासचिव पोखरेलले ठूलो दलको आधारमा यस प्रदेशको नेतृत्व एमालेले पाउनुपर्ने बताएका छन्।

प्रकाशित: १७ पुष २०७९ २१:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =