मोबाइल व्यवसायीले भने- पलायन हुने अवस्था आयो, एमडीएमएस लागू होस्

हिमाल प्रेस २५ माघ २०७९ १७:२२
18
SHARES
मोबाइल व्यवसायीले भने- पलायन हुने अवस्था आयो, एमडीएमएस लागू होस्

काठमाडौँ– मोबाइल व्यवसायीहरूले अवैधानिक रूपमा विदेशबाट मोबाइल फोन भित्रिँदा आफूहरू पलायन हुने अवस्थामा पुगेको बताएका छन्।

बुधबार नेपाल मोबाइल वितरक संघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन्।

संघका अनुसार नेपालमा वार्षिक ३८ देखि ४० अर्ब रूपैयाँ बराबरका मोबाइल फोन वैधानिक बाटोबाट भित्रिन्छन्। यसमा थप १४ अर्ब रुपैयाँ बराबरका फोन अवैधानिक बाटोबाट भित्रिने गरेको संघको दाबी छ।

यसरी अवैध रूपमा भित्रिएका मोबाइल फोनको कारोबारले गर्दा सरकारले वार्षिक २ अर्बको हाराहारीमा राजस्व गुमाइरहेको संघले जनाएको छ।

‘यसरी भन्सार छली तथा अवैध तवरबाट भित्रिने फोनको कारोबार बढ्दै जाँदा वैधानिक रूपमा कर तिरेर कारोबार गर्ने व्यवसायीको व्यापारमा गिरावट आएको छ,’ संघले भनेको छ।

सरकारले गत पुस १५ गतेबाट एमडीएमएस लागू गर्ने निर्णय गरेको थियो। तर एमडीएमएसका नाममा विदेशबाट आउने व्यक्तिले ल्याउने एउटा अतिरिक्त फोनमा समेत सरकारले भन्सार लगाउन थालेपछि व्यापक विरोध भएको थियो। यसपछि सरकारले तत्काल एमडीएमएसको निर्णय स्थगित गरेको छ।

प्रकाशित: २५ माघ २०७९ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =