ल्होत्से मलमा भएको लुटपाटप्रति मोबाइल एसोसिएसनको आपत्ति

हिमाल प्रेस ३ फागुन २०७९ २०:२५
76
SHARES
ल्होत्से मलमा भएको लुटपाटप्रति मोबाइल एसोसिएसनको आपत्ति

काठमाडौँ– काठमाडौँको ल्होत्से मलस्थित मोबाइल पसलमा भएको लुटपाटप्रति मोबाइल एसोसिएसन बिर्तामोड झापाले आपत्ति जनाएको छ।

सोमबार गोंगबुँमा यातायातसम्बद्ध मजदुरले प्रहरीविरुद्ध गरेको विरोध प्रदर्शनमा अनियन्त्रित भिडले ल्होत्से मल, बिजी मल र नयाँ बसपार्कपरिसरका भवनमा ढुंगा हान्दै आगजनी प्रयास गरेको थियो।

सो क्रममा केही व्यक्तिहरू ल्होत्से मलको सिसा फुटाई भित्र पसेर मोबाइल सेट र इलेक्ट्रोनिक्स सामानहरू लुटपाट गरेकोप्रति एसोसिएसनले भत्र्सना गरेको छ।

‘यातायात मजदुर संघको आन्दोलनका नाममा ल्होत्से मलमा अप्रत्यासित रूपमा अमानवीय तरिकाले मोबाइल व्यवसायी अर्जुन चालिसेको पसलमा लुटपाट भएको घटनाले सम्पूर्ण मोबाइल व्यवसायी चिन्तित छौं,’ एसोसिएसनका सचिव संजय शाह र अध्यक्ष युवराज निरौलाद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘व्यवसायीले आफ्नो व्यवसाय सुरक्षित एवम् भयरहित वातावरणमा सञ्चालन गर्ने वातावरण मिलाउन सरकारसँग माग गर्दछौं।’

ट्राफिक प्रहरीले अनावश्यक दु:ख दिएको भन्दै सोमबार भएको उक्त प्रदर्शनमा यातायात मजदुरहरूले प्रहरीको भ्यानमासमेत आगजनी गरेका थिए।

यो पनि:

गोंगबु घटनाको छानबिन गरी लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

गोंगबु घटनामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =