प्रधानमन्त्रीको निर्देशनपछि एमडीएमएस तत्कालका लागि स्थगित

हिमाल प्रेस १५ पुष २०७९ १३:०७
10
SHARES
प्रधानमन्त्रीको निर्देशनपछि एमडीएमएस तत्कालका लागि स्थगित

काठमाडौँ- विदेशबाट फर्कने नेपालीहरूले उपहारस्वरूप ल्याउने मोबाइलमा गर्न लागिएको कडाइ तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई एकभन्दा बढी मोबाइल ल्याउँदा लगाइने भन्सार तत्काल स्थगित गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीको मौखिक निर्देशनपछि आज (शुक्रबार)बाट लागू हन लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल कार्यान्वयन नहुने भएको छ। यसका लागि आजै अर्थ मन्त्रालयले भन्सार विभागलाई परिपत्र गर्ने तयारी गरेको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुणकुमार पोखरेलले मन्त्रालयबाट मौखिक निर्देशन आएको जानकारी दिए । उनले भने, ‘मन्त्रालय र विभागबाट परिपत्र आए सोहीअनुसार अगाडि बढ्छौँ।’

यसअघि भन्सार विभागले आजदेखि लागू हुने गरी एक भन्दा बढी मोबाइल ल्याए एउटाको १८ प्रतिशत भन्सार तिर्नुपर्ने निर्णय गरिएको थियो । दुई वटा भन्दा बढी ल्याइए जफत गर्ने सूचना जारी गरेको थियो । अब भने पुरानै व्यवस्था यथावत् रहने भएको छ।

पुरानो व्यवस्थाअनुसार दुई वटासम्म मोबाइल भन्सार नतिरेर ल्याउन पाइन्छ।

प्रकाशित: १५ पुष २०७९ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 3 =