विप्लवले ‘कम्युनिस्ट कलेज’ खोल्ने

हिमाल प्रेस २५ माघ २०७९ १४:०४
4
SHARES
विप्लवले ‘कम्युनिस्ट कलेज’ खोल्ने

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपालमा कम्युनिस्ट शिक्षालय खोल्ने निर्णय गरेको छ। कम्युनिस्ट संस्कार र शिक्षा दिन शिक्षालय खोल्ने निर्णय गरेको पार्टीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

‘पार्टीले नेता/कार्यकर्ताको वैचारिकीकरणका लागि कम्युनिस्ट कलेज खोल्ने छ,’ नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए। उनले अन्य कम्युनिस्ट पार्टीसँग एकता गर्न पहल गर्ने समेत बताएको छ।

हालै कपिलवस्तुमा सम्पन्न केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निर्णय सुनाउँदै प्रवक्ता प्रकाण्डले हरेक असोज २५ मा आफ्ना मृतक नेता÷कार्यकर्ताको स्मृति दिवस मनाउने निर्णय गरेको छ। नेकपाले तत्कालीन राज्य संरचनाले अघि बढ्न नसक्ने ठहर गर्दै जनवादी क्रान्ति आत्मसात अघि बढाउने जनाएको छ।

‘पुँजीवादी व्यवस्थाले उभो लगाउँदैन। हामीले समाजवादी क्रान्तिका लागि अग्रसर हुनुपर्छ,’ प्रवक्ता प्रकाण्डले भने,‘ गएको चुनावमा समेत देशी विदेशी गिरोहको सहयोग भयो। यो व्यवस्था नै गलत छ,’ उनले थपे,‘हामी यसका लागि तत्काल अभियान चलाउँदैछौँ।’

 

प्रकाशित: २५ माघ २०७९ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =