एमसीसी र एसपीपीका नाममा शक्ति राष्ट्रले देश लुट्न खोज्दैछन् : विप्लव

हिमाल प्रेस २७ माघ २०८० २१:१८
8
SHARES
एमसीसी र एसपीपीका नाममा शक्ति राष्ट्रले देश लुट्न खोज्दैछन् : विप्लव

लुम्बिनी– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसीसी एसपीपीकाका नाममा शक्ति राष्ट्रले नेपाल लुट्न खोजेको आरोप लगाएका छन्। उनले विदेशी शक्ति राष्ट्रले नेपालमा विभिन्न प्रलोभनका कार्यक्रम ल्याएर आफ्नो स्वार्थ पूरा गर्ने कोसिस गरिरहेको बताए।

नेकपा रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरसंवादमा महासचिव विप्लपले यस्तो बताएका हुन्। उनले साम्राज्यवादी शक्तिहरुको स्वार्थका विरुद्ध जनताको सहभागितामा नेकपाको नेतृत्वमा प्रतिरोध हुने चेतावनी दिए।

‘लोकप्रियता बढ्दै गएपछि जनतासँग नजिकिन नपाऊन् भनेर विभिन्न झुटा मुद्दा लगाउने र धरपकड गर्नेतिर राज्य लागेको छ’, महासचिव विप्लवले भने। उनले एनसेल, ललिता निवासलगायतमा भएको भ्रष्टाचारविरुद्ध संघर्षमा उत्रँदा विभिन्न झुटा मुद्दा लाएर आफ्ना नेता र कार्यकर्तालाई प्रहरी प्रशासनले नजरबन्दमा राखेको आरोप लगाए।

उनले नेपाललाई प्रगतिमा लैजानका लागि नेपालको विशेषता सुहाउँदो समाजवाद आवश्यक रहेकोमा जोड दिए। ‘मूलभूत रुपमा राजनीतिक मूलधारमा समाजवादबारे बहस भइरहेकै छ। हामीले नेपाली विशेषताको समाजवादबारे बहस चलाइरहेका छौँ’, विप्लवले भने।

उनले बीपीले अघि सारेको प्रजातान्त्रिक समाजवादभित्र पनि केही जनपक्षीय धार रहेको बताउँदै दलाल पुँजीवादी सत्ता र नेपाली जनताबीचको अन्तरविरोधको गाँठो फुकाउनुपर्नेमा जोड दिए। विप्लवले २० औँ शताब्दीको वैज्ञानिक समाजवाद विघटन भएकाले नेपाली विशेषताको समाजवाद स्थापना अबको लक्ष्य हुनुपर्ने बताए।

उनले वामपन्थी, लोकतान्त्रिक गणतन्त्रवादी र देशभक्त शक्तिहरूसहितको समाजवादी धारहरूसँगको सहकार्य नै अबको समाजवादी बाटो बन्नुपर्ने बताए।

प्रकाशित: २७ माघ २०८० २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =