त्रिविमा स्नातक चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि

हिमाल प्रेस २४ माघ २०७९ १३:००
त्रिविमा स्नातक चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि सञ्‍चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ।

त्रिविले यसअघि फागुन १० गतेदेखि परीक्षा सञ्‍चालन गर्ने तयारी गरेपछि विद्यार्थीले स्ववियु निर्वाचनको समयमा परीक्षा दिन नसकिने भन्दै विरोध गरेपछि त्रिविले २०७९ चैत १२ गतेदेखि परीक्षा सञ्चालन गर्नेगरी नयाँ तालिका सार्वजनिक गरेको हो।

त्रिवि कार्यकारी परिषदले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेसँगै पनिकाले शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका नियमित तथा आंशिक परीक्षाहरू निर्वाचन पछि गर्नेरी तालिका सार्वजनिक गरेको छ।

नयाँ तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि र बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन गर्ने पनिकाले जारी गरेको तालिकामा उल्लेख छ।

प्रकाशित: २४ माघ २०७९ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =