कांग्रेस राष्ट्रपतिको लोभमा फस्दैछ : नारायणमान बिजुक्छे

हिमाल प्रेस २३ माघ २०७९ १७:३६
12
SHARES
कांग्रेस राष्ट्रपतिको लोभमा फस्दैछ : नारायणमान बिजुक्छे फाइल तस्बिर-रासस

काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेस राष्ट्रपतिको लोभमा फसेको टिप्पणी गरेका छन्। रफ्त सञ्चार क्लबको १३ औं वार्षिकोत्सवको अवसरमा सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले राष्ट्रपतिमा लोभ गर्न नहुने उनको भनाइ छ। निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणा पत्रभन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरूलाई नरहेको बताउँदै उनले सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको जिकिर गरे।

‘कांग्रेसले राष्ट्रपतिको लोभमा फसेको देखिछ। साँचो यही हो भने त्योजस्तो नराम्रो राजनीतिक दृष्टिकोण अरू हुँदैन। दलहरूले कार्यक्रम र घोषणा पत्रभन्दा तल माथि जान मिल्दैन। जनताले भोट दिएको व्यक्तिलाई साँचो मानेमा त्यो घोषणा पत्रलाई नै मत दिएको हुनाले त्यो भन्दा तलमाथि हामीले गर्न मिल्दैन,’ उनले भने।

बिजुक्छेले चुनाव अघि र पछि पनि साझा घोषणा पत्रअनुसार अघि बढ्न नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =