नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाले विरोध प्रदर्शन गर्ने

हिमाल प्रेस २१ जेठ २०८० ७:४७
4
SHARES
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाले विरोध प्रदर्शन गर्ने

काठमाडौँ– राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गरिएको कदमविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आइतबार (आज) काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ।

पार्टीसम्बद्ध नेता/कार्यकर्ता र शुभचिन्तकहरू बिहान ९ बजे कोटेश्वरमा भला भई जुलुसका साथ नयाँ वानेश्वरस्थित संघीय संसद् भवनअगाडि धर्ना बस्ने कार्यक्रम रहेको पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईंले जानकारी दिए।

धर्नासहित विरोध प्रदर्शन कार्यक्रमलाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी छ। यसअघि वैशाख १७ गते बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकता प्रमाणीकरण तत्काल रद्द गर्न माग गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =