धार्मिक सहिष्णुता कायम राख्‍न लुम्बिनी विकास कोषको आग्रह

हिमाल प्रेस २२ माघ २०७९ १८:३१
194
SHARES
धार्मिक सहिष्णुता कायम राख्‍न लुम्बिनी विकास कोषको आग्रह

लुम्बिनी– लुम्बिनी विकास कोषले धार्मिक र सामुदायिक सद्भाव कायम गर्नका सम्बन्ध सबैलाई आग्रह गरेको छ। लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेमयज्ञ समितिबाट भारतीय सन्त मोरारी बापूबाट प्रवचन हुने कार्यक्रम हुने विषयमा विभिन्न संघ संस्थाहरूले विरोध जनाएकोपछि कोषले उक्त आग्रह गरेको हो।

कोषका सदस्यसचिव सानुराजा शाक्यले आइतबार एक प्रेस विज्ञप्ति जारी गरि बौद्ध दर्शन, परम्पराविपरीत नहुने गरी पवित्र उद्यानबाहिर लुम्बिनी सांस्कृतिक केन्द्रमा रहेको सभाहलमात्र प्रयोग गर्न दिएको स्पष्ट पारेका छन्।

नेपाल सरकारको लगानीमा बनेको सभाहल साझा धरोहर रहेको उल्लेख गर्दै कोभिडबाट खुम्चिएको पर्यटनलाई उकास्न सहयोग पुग्ने गरी आएका प्रस्तावित कार्यक्रमहरूलाई समझदारीका आधारमा हल प्रयोग गर्न अनुमति दिने गरेको विज्ञप्तिमा उल्लेख छ।

‘हामीले अहिले कतिपय संस्थाहरूले बुद्ध जन्मस्थलमा आध्यात्मिक वातावरण बनाउन सघाउ पुर्‍याउने हेतुले राख्नु भएका सुझावहरूलाई अन्तराष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्र सञ्चालन कार्यविधिमा समेटेर लैजाने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘विश्वका हरेक जाति धर्म तथा संस्कृति र क्षेत्रका मानिसहरू त्यही विश्वासका साथ लुम्बिनी आउने जाने गर्दछन्। यही सार्वभौमिक धार्मिक सांस्कृतिक सहिष्णुता नै लुम्बिनीको विशिष्ट पहिचान हो।’

कोषले लुम्बिनीलाई गुरुयोजना बनाई अन्तर्राष्ट्रिय शान्ति सद्भाव तथा वन्धुत्वको केन्द्र बनाउने परिकल्पनाकार संयुक्त राष्ट्र संघका तत्कालीन महासचिव उथान्तले लुम्बिनी विश्वका सबै धार्मिक सांस्कृतिक तथा सामाजिक नेताहरू लुम्बिनी आई द्वन्द्व र गरिबीमुक्त विश्व निर्माण गर्न प्रेरणा लिने परिकल्पनासमेत गरेको स्मरण गर्दै लुम्बिनीलाई विश्वशान्तिको मुहानको रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ।

कोषले रामकथा प्रेमयज्ञ समितिलाई माघ २१ देखि २९ सम्म प्रवचनका लागि अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द प्रयोग गर्न दिएको थियो। बौद्ध संघ संस्थाले विरोध गरेपछि प्रवचन ३ दिनपछि सारेर २४ गतेदेखि हुने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =