चित्रबहादुर केसी भन्छन्, वर्तमान सरकारका प्रधानमन्त्री ओली नै हुन्

हिमाल प्रेस २२ माघ २०७९ १७:३७
4
SHARES
चित्रबहादुर केसी भन्छन्, वर्तमान सरकारका प्रधानमन्त्री ओली नै हुन्

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले ओलीका सबै भनाइ सुन्दा आफूले उनी नै प्रधानमन्त्री रहेको निष्कर्ष निकालेको बताए।

केसीले प्रधानमन्त्री दाहाललाई कांग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भनाइ राखे। उनले अध्यक्ष ओलीका कुराहरु गणतन्त्र र २०६२÷०६३ को आन्दोलनका उपलब्धिका लागि हानिकारक रहेको पनि बताए। केसीले पूर्वप्रधानमन्त्री र पूर्वसभामुखलाई पनि बोल्ने समय तोक्नुपर्नेमा जोड दिए।

उनले भने, ‘२०६४ तिर कि कता हो, पूर्वप्रधानमन्त्री र सभामुखले जति बोले पनि हुने, पूर्वप्रधानमन्त्री एक जना नाम अहिले नलिऔँ, उहाँले ३९ मिनेट बोल्नुभयो, त्यतिबेला र आफ्नो भाषणा छोड्ने बेलामा मेरा दुई शब्द यही टुंग्याउँछु भनेर छोड्नुभयो, बोल्ने बेलामा ३९ मिनेट बोल्ने, त्यसैले सभामुखज्यू, पूर्वप्रधानमन्त्रीहरू र सभामुखहरूलाई पनि समय निश्चित गर्नुपर्छ।’

प्रकाशित: २२ माघ २०७९ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =