पटक-पटक स्थगित भएको माओवादीको स्थायी कमिटी बैठक पनि बस्दै

हिमाल प्रेस २१ माघ २०७९ ८:५१
4
SHARES
पटक-पटक स्थगित भएको माओवादीको स्थायी कमिटी बैठक पनि बस्दै

काठमाडौँ- पटक–पटक स्थगित हुँदै आएको सत्तारूढ नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेदेखि मुख्यालय पेरिसडाँडामा बस्नेछ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले बैठक पटक–पटक सर्दै आएको थियो। बिहीबार विषयमा प्रवेश नै नगरी स्थायी कमिटी बैठक स्थगित भएको थयो। शुक्रबार अन्तिम समयमा स्थगित भएको बैठक आजका लागि बोलाइएको हो।

माओवादी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुन: गृहमन्त्री नबनाउने र त्यो पार्टीलाई गृहमन्त्री नै नदिने माओवादीको अडानको विषयमा पनि छलफल हुनेछ। त्यस्तै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषयमा पनि छलफल हुनेछ।
आज कांग्रेस विपक्षी गठबन्धनको बैठक डाकेको छ भने नेकपा एकीकृत समाजवादीको पनि केन्द्रीय कमिटीको बैठक बस्दैछ।

प्रकाशित: २१ माघ २०७९ ८:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =