एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

हिमाल प्रेस २१ माघ २०७९ ८:३९
2
SHARE
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। बैठकमा पार्टीको आन्तरिक विषयसँगै समसामयिक विषयमा छलफल हुने बताइएको छ। नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सरकारमा सहभागी हुन गरेको आग्रहका विषयमा पनि बैठकमा छलफल हुनेछ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले सम्बोधनसँगै राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। बैठक बिहान १०:३० बजेदेखि कान्तिपुर गार्डेन व्यांक्‍वेट बालकुमारीमा बस्दैछ।

प्रकाशित: २१ माघ २०७९ ८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =