‘नम्बरी सुन’को छायांकन सुरु

हिमाल प्रेस २० माघ २०७९ १५:०३
12
SHARES
‘नम्बरी सुन’को छायांकन सुरु

काठमाडौँ- अभिनेत्री नम्रता सापकोटा र अभिनेता गौरव पहारी अभिनीत फिल्म ‘नम्बरी सुन’का छायांकन सुरु भएको छ।

राजु गिरीको निर्देशन रहेको फिल्मको श्रीकाली चौरस्थित मन्दिरमा पूजा गर्दै छायांकन थालिएको छ। आज (शुक्रबार) फिल्मको गीतबाट छायांकन सुरु गरिएको निर्माण टिमले जनाएको छ।

नारायण खातीको कथा रहेको फिल्ममा गौरव र नम्रताबाहेक सरोज खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओलीलगायत कलाकारको अभिनय रहनेछ।

प्रकाशित: २० माघ २०७९ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 3 =