झापामा एकापसमा ठोक्किए दुई ट्रक, दुई जनाको मृत्यु

हिमाल प्रेस २० माघ २०७९ १०:१४
8
SHARES
झापामा एकापसमा ठोक्किए दुई ट्रक, दुई जनाको मृत्यु

झापा- शिवसताक्षी नगरपालिका-१, धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा आज (शुक्रबार) बिहान दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ना ३ ख ८३११ नम्बरका चालक मदन चौधरी र सोही ट्रकका सहचालक छन्। सहचालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताए।

उनका अनुसार पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ८८९५ नम्बरको ट्रकलाई पछाडिबाट जाँदै गरेको ना ३ ख ८३११ नम्बरको ट्रकले ठक्कर दिएको थियो। सोही ठक्करबाट चौधरी र सहचालकको मृत्यु भएको हो।

प्रकाशित: २० माघ २०७९ १०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =