गृह मन्त्रालय रास्वपाले स्वतः पाउँछ, राज्यमन्त्री पाए पनि कांग्रेस सरकारमा जान्छ : ओली

हिमाल प्रेस १९ माघ २०७९ १२:५३
12
SHARES
गृह मन्त्रालय रास्वपाले स्वतः पाउँछ, राज्यमन्त्री पाए पनि कांग्रेस सरकारमा जान्छ : ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति मतभेद रहेको स्पष्ट संकेत गरेका छन्।

उनले प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसरी पनि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने अडान राखेका छन्।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकार गठन गर्दाको भागबन्डामै गृह मन्त्रालय स्वतन्त्र पार्टीको भागमा परेको प्रस्ट्याएका छन्।

‘कसैले हुँदैन भनेर हुँदैन। अघिल्ला सहमति कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘रवि लामिछानेलाई गृह मन्त्रालय दिँदा अदालतको अपहेलना हुँदैन।’

ओलीले नेपाली कांग्रेस सरकारमा सहभागी हुन आतुर रहेको आरोप लगाएका छन्। उनले कांग्रेस राज्यमन्त्री दिँदा मात्रै पनि सरकारमा सहभागी हुने बताएका छन्।

प्रकाशित: १९ माघ २०७९ १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =