परराष्ट्र सचिव पौड्याल र नेदरल्यान्ड्सका उपमन्त्री मार्सेल डीबीच भेटवार्ता

हिमाल प्रेस १८ माघ २०७९ १२:१७
6
SHARES
परराष्ट्र सचिव पौड्याल र नेदरल्यान्ड्सका उपमन्त्री मार्सेल डीबीच भेटवार्ता

काठमाडौँ- परराष्ट्र सचिव भरतराज पौड्याल र नेदरल्यान्ड्सको परराष्ट्र मन्त्रालयका उपमन्त्री तथा राजनीतिक मामिलाका महानिर्देशक मार्सेल डी भिंकबीच भेटवार्ता भएको छ।

मंगलबार नेदरल्यान्ड्समा भएको भेटमा दुई पक्षबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। पौड्यालले मानव संशाधन र ग्रामीण विकासका क्षेत्रमा डचले गरेको सहयोगको चर्चा गरे।

उनले मानव संशाधन विकास नेपालको प्रमुख प्राथमिकताको क्षेत्र भएकाले यस्तो सहयोगलाई निरन्तरता दिन नेदरल्याण्ड्स सरकारसँग आग्रह पनि गरे।

परराष्ट्र सचिव पौड्यालले नेपाललाई अन्तर्राष्ट्रिय सहयोगका लागि प्राथमिकता दिने देशको सूचीमा राख्न पनि नेदरल्यान्ड्ससँग आग्रह गरेका छन्।

नेपालले सन् २०२६ मा अति कम विकसित देशबाट माथि उठ्ने लक्ष्य राखेकाले हरित र समावेशी विकास (ग्रीड) परियोजनामा लगानी आवश्यक रहेको परराष्ट्र सचिवले उल्लेख गरेका थिए। भेटमा नेदरल्यान्ड्सका उपमन्त्रीले नेपालको विकास आकांक्षाको प्रशंसा गर्दै आफ्नो देशको सहयोग रहने प्रतिबद्धता जनाए। उनले नेदरल्यान्ड्सको विश्वव्यापी दृष्टिकोण, अन्तर्राष्ट्रिय व्यवस्था र सहयोगसम्बन्धी रणनीतिबारे पनि जानकारी दिए।

नेपाल–युरोपियन युनियन संयुक्त आयोगको १४औँ बैठकमा भाग लिन परराष्ट्र सचिव नेतृत्वको जम्बो प्रतिनिधिमण्डल नेदरल्यान्ड्समा छ।

प्रकाशित: १८ माघ २०७९ १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =