प्रधानमन्त्रीलाई भेट्न अमेरिकी उपमन्त्री बालुवाटारमा

हिमाल प्रेस १६ माघ २०७९ ९:४७
6
SHARES
प्रधानमन्त्रीलाई भेट्न अमेरिकी उपमन्त्री बालुवाटारमा

काठमाडौँ- नेपाल भ्रमणमा आएकी अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेकी छन्।

आइतबार वासिङ्टन डीसीबाट सीधै नेपाल आएकी उनले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत् एजेन्डामा छलफल गर्न लागेकी हुन्।

उनले प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री विमला पौड्याल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

काठमाडौँमा स्थित अमेरिकी दूतावासका अनुसार उपमन्त्री नुल्यान्डले पाटन दरबार स्क्वायरको भ्रमण पनि गर्नेछिन्।

नुल्यान्डले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अवलोकन गर्ने भन्दै दूतावासले नेपालको सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको उल्लेख गरेको छ। नुल्यान्ड अमेरिकाकी एक अनुभवी कुटनीतिज्ञ हुन्। उनले ३३ वर्ष कूटनीतिक क्षेत्रमा काम गरिसकेकी छन्।

उनी तीन वर्षदेखि अमेरिकाको राजनीतिक मामिला सम्बन्धी उपमन्त्री हुन्। उनले राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरीको नेतृत्वको बेलामा सन् २०१३ देखि २०१७ सम्म युरोपेली र युरेपियन मामिलाका लागि सहायक मन्त्रीको रुपमा काम गरेकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =