प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न बन्यो सरकारी समिति

हिमाल प्रेस १२ माघ २०७९ १९:११
22
SHARES
प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न बन्यो सरकारी समिति

काठमाडौँ- गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ। बिहीबार गृहमन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो।

बुधबार बसेको मन्त्रिपरिषद्‌ बैठकले समिति गठन गरेर घटनाबारे अध्ययन गर्ने निर्णय गरेको थियो।

समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहनेछन्।

समितिले सामाजिक सञ्जालमा आचार्यले उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्नेछ। साथै सरकारले गर्नुपर्ने कामबारे पनि समितिले सुझाव दिनेछ।

मंगलबार संसद् भवन अगाडि आफैँलाई आगो लगाउनुअगाडि आचार्यले फेसबुकमा आफूले ऋण तथा उधारोका कारण व्यवसायी चलाउन नसकेको उल्लेख गरेका थिए। उनले विभिन्न व्यक्ति तथा समूहलाई नाम नै उल्लेख गरेर आरोप लगाएका छन्। उक्त घटनालाई लिएर सरकारको आलोचना पनि भइरहेको छ।

प्रकाशित: १२ माघ २०७९ १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =