सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

हिमाल प्रेस ८ माघ २०७९ ८:५५
30
SHARES
सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु सुर्खेतमा भएको दुर्घटना।

सुर्खेत- सुर्खेतमा आज (आइतबार) गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ का २७ वर्षीय सागर शाही, दैलेख डुंगेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बिसी रहेको सुर्खेत प्रहरीले जनाएको छ।

छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६च ९२१३ नम्बरको डबल क्याप हाइलेक्स गाडी राति २ बजेतिर वीरेन्द्रनगर-११, झुप्राखोला नजिक दुर्घटना भएको हो।

गाडी अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ। घाइते दैलेख भैरवी गाउँपालिका-५ का २६ वर्षीय वीरेन्द्रराज शाहीको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको छातीमा चोट लागेको छ।

प्रकाशित: ८ माघ २०७९ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =