उपसभामुख इन्दिराको यस्तो छ विगत

हिमाल प्रेस ७ माघ २०७९ १९:२६
12
SHARES
उपसभामुख इन्दिराको यस्तो छ विगत

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित इन्दिरा रानाको पृष्ठभूमि समाजसेवा हो। ०५७ सालमा बन्दी सहायता नेपाल संस्था खोलेर जेलमा रहेका बालबालिकाहरूको शिक्षादीक्षामा समर्पित उनी सक्रिय राजनीतिमा थिइनन्। ३० वर्षदेखि सुरु भएको उनको समाजसेवा अभियान अहिले पनि जारी छ। उनी जेलरहित समाजको स्थापना नै आफ्नो लक्ष्य रहेको बताउँछिन्।

०२७ साल असार १८ गते जन्मिएकी उनी हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भई सोही पार्टीबाट उपसभामुख पदमा निर्वाचित भएकी हुन्। राना रास्वपाबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन्।

पारिजातबाट प्रभावित

आर्थिक रूपमा विपन्न जनजाति परिवारमा जन्मिएकी रानाको बाल्यकाल कष्टकर र संघर्षशील चरण पार गर्दै बित्यो। १० वर्षको उमेरमा औपचारिक शिक्षा आरम्भ गरेकी उनले गोठालो जाने, घाँस दाउरा गर्ने अवस्थालाई नजिकबाट भोगिन्।

नर्स हुने इच्छा भए पनि आर्थिक अभावका कारण उनले अरूको घरमा बालबच्चा हेरचाह गर्दै कलेज तहको पढाइ पूरा गरेकी हुन्।

कलेज तहकको पढाइकै सिलसिलामा साहित्यकार पारिजातसँग काठमाडौँमा भेट भयो। पारिजातसँगको भेटपछि उनले समाजसेवातर्फ आफूलाई समर्पित गर्ने अठोट गरिन्। ०५७ सालमा बन्दी सहायता नेपाल संस्था दर्ता गरेकी उनले जेलमा रहेका बालबालिकाहरूलाई पढाउने काममा आफूलाई लगाइन्।

उक्त संस्थामार्फत् अहिले काठमाडौँको साँखुमा जूनकीरी स्कुल (बालगृह) सञ्चालनमा रहेको छ। उक्त बालगृहमा देशका विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरूका ८४ जना बालबालिकाहरूले सुरक्षित आश्रय लिइरहेका छन्।

झापाको खुदुनाबारीमा बालगृह, जूनकीरी पुस्तकालय, जूनकीरी प्राथमिक विद्यालय, मनमाया बालगृह र जंगल गार्डेन बालगृह सञ्चालन गरिरहेकी उनले पाल्पा मदनपोखरामा आमा पाराडाइज होम युवा तालिम केन्द्र स्थापना गरेकी छन्।

सम्मान

अशोका फेलो २००५

एसिया २१ योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९

वर्ल्ड चिल्ड्रेन प्राइज अनररी अवार्ड २०१४

बीबीसी उत्कृष्ट १०० महिला २०१७

‘द वन’ रोटरियन ह्युम्यानेटरियन सर्भिस अवार्ड २०२० मा मनोनित

प्रकाशित: ७ माघ २०७९ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =