त्रिवि सहुलियतपूर्ण ऋण आवेदन बन्द

हिमाल प्रेस ६ माघ २०७९ १८:०९
त्रिवि सहुलियतपूर्ण ऋण आवेदन बन्द

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले कार्यरत शिक्षक कर्मचारीलाई प्रदान गर्दै आएको सहुलियतपूर्ण ऋण आवेदन बन्द गरेको जनाएको छ।
विश्वविद्यालयको माघ ३ गते बसेको बैठकको निर्णय अनुसार सहुलियतपूर्ण ऋण आवेदन फारम अधिक मात्रामा दर्ता भइसकेको कारणले बन्द गरिएको जनाएको हो।

त्रिविले अर्को निर्णय नभएसम्मको लागि माघ १० गते लागु हुनेगरी सहुलियतपूर्ण ऋणको आवेदन दर्ता गर्न बन्द गरीएको सुचनामा उल्लेख छ।

प्रकाशित: ६ माघ २०७९ १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =