पाठ्यपुस्तक अभाव नभएको जनक शिक्षाको स्पष्टीकरण

हिमाल प्रेस ५ माघ २०७९ १५:०१
30
SHARES
पाठ्यपुस्तक अभाव नभएको जनक शिक्षाको स्पष्टीकरण

काठमाडौँ- जनक शिक्षा सामाग्री केन्द्रले २०७९ का लागि आवश्यक पाठ्यपुस्तक छपाइ गरिसकेको जनाएको छ। केन्द्रले सूचना जारी गर्दै कक्षा १० सम्मका पाठ्यपुस्तक छपाइ गरी सम्बन्धित कार्यालय मार्फत विद्यालयहरूमा पठाइसकिएको जनाएको हो।

केन्द्रले पाठ्यपुस्तकहरू अझै पनि विद्यार्थीहरूले नपाएको भन्ने सम्बन्धमा सञ्चार माध्यमहरूमा आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख गरेको छ।

केन्द्रले विद्यालयमा पाठ्यपुस्तक नपुगेको र विद्यार्थीले प्राप्त नगरेको भएमा तुरुन्त केन्द्र तथा केन्द्रका प्रादेशिक कार्यालयहरूमा सम्पर्क गर्न सूचित गरेको छ।

केन्द्रले कक्षा ११ र १२ का पुस्तकहरू अभाव भएको सम्बन्धमा गुनासो प्राप्त भएको हुँदा उक्त कक्षाका पुस्तकहरू पनि केन्द्र तथा प्रादेशिक कार्यालयमा मौज्दात रहेकाले बिक्रेता तथा विद्यार्थीहरूले सम्पर्क राखी पुस्तक खरिद गर्न सक्ने जनाएको छ।

प्रकाशित: ५ माघ २०७९ १५:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =