नेपाल-फ्रान्स द्विपक्षीय परामर्श समितिको बैठक सम्पन्न

हिमाल प्रेस ३ माघ २०७९ १९:१४
8
SHARES
नेपाल-फ्रान्स द्विपक्षीय परामर्श समितिको बैठक सम्पन्न

काठमाडौँ– नेपाल फ्रान्स द्विपक्षीय परामर्श समितिको तेस्रो बैठक काठमाडौँमा सम्पन्न भएको छ। मंगलबार बसेको बैठकमा दुई देशबीचको सम्बन्ध, सहकार्य र व्यापारका विषयमा छलफल भएको थियो। बैठकमा फ्रान्सका लागि नेपाली राजदूतलगायतको उपस्थिति रहेको थियो।

बैठकमा कोरोना महामारीपछिको व्यावसायिक सम्बन्ध, प्रविधि, लगानी र पर्यटन मुख्य विषयवस्तु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाली पक्षले सन् २०२६ मा विकासशील देशमा स्तरोन्नतिपछि पनि फ्रान्स र युरोपियन युनियनको सहयोग निरन्तर रहनुपर्ने विचार राखेका थिए।

प्रकाशित: ३ माघ २०७९ १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =